Tuesday, August 9, 2016

रियो ओलम्पिकः जुडोकी खत्री पराजित

काठमाडौँ, २५ साउन । नेपालको जुडो खेलाडी फुपूल्हामु खत्री रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

बाज्रिलको रियोमा आज भएको ६३ किलो तौल समूहको खेलमा खत्री क्युबाकी मारिसेट स्पिनोसासँग ११–० ले पराजित भइन् । ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी खत्री प्रतियोगितामा पूरै ४ मिनेट म्याटमा टिकेकी थिइन् ।

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी खत्रीले क्युबाली खेलाडीलाई पराजित गर्न सकेको भए अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्ने थिइन् । उक्त स्पर्धामा ३६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts