Wednesday, August 3, 2016

नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई उपराष्ट्रपतिको बधाई

काठमाडौँ, १९ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचत प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई तथा शुभकामना दिनुभएको छ ।

उपराष्ट्रपति पुनले आज टेलिफोन गरेर प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका दाहाललाई बधाई दिनुभएको उहाँको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनु भएको छ ।

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, संविधानप्रति असन्तुष्ट पक्षको मागको सम्बोधन, व्यवस्थापिका–संसद् र संसद् बाहिर रहेका दललाई पनि साथमा लिई बलियो राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणलाई मुलुकको ‘एजेण्डा’ बनाएर अगाडि बढ्न सुझाव दिनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts