Wednesday, August 3, 2016

पत्रकार निर्भिकको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १९ साउन । नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार डिल्लीराम निर्भिकको निधनले नेपाली पत्रकारिता जगतले एक अनुभवी र कुशल पत्रकार गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै महासङ्घका महासचिव उजिर मगरले निर्भिकको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

विसं. १९९५ मा इलाममा जन्मनुभएका निर्भिकले झापालाई कर्मथलो बनाई पत्रकारिता गर्दै आउनुभएको थियो । पत्रकार निर्भिकको ७८ वर्षको उमेरमा आज बिहान काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको थियो । उहाँका श्रीमती दुई छोरा हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts