Wednesday, August 17, 2016

वल्र्ड च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ, १ भदौ । नेपाल सोतोकान कराते सङ्घले बुल्गेरियाको बरगास सहरमा आयोजना हुने २४ औँ सोतोकान कराते वल्र्ड च्याम्पियनसिपमा भाग लिने नेपाली खेलाडीको छनोट गरेको छ ।

सङ्घका प्रमुख प्रशिक्षक एवम् महासचिव धिर्जेमान तामाङ र वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठले आज छ सदस्यीय खेलाडीको छनोट गरेको हो । उक्त च्याम्पियनसिप आगामी असोज २१ गतेदेखि सञ्चालन हुनेछ ।

छनोट हुने खेलाडीमा ४० केजी तौलसमूहमा आदर्शविक्रम थापा, ५० केजीमा यमबहादुर तामाङ, ५५ केजीमा सुमन वाइवा र ६० केजीमा निरज महर्जन छन् ।

त्यसैगरी, ७० केजीमा रोशन मगर र महिलाको ५५ केजी तौलसमूहमा गीता सुनुवार छनोट भएका छन् । टिम प्रशिक्षकमा वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठलाई चयन गरिएको सङ्घका सचिव एवम्म प्रमुख प्रशिक्षक तामाङले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts