जाजरकोट, २६ साउन । कर्णालीको विकट जिल्ला डोल्पा सडक सञ्जालसँग जोडिएको छ ।
नेपाली सेनाले निर्माणाधिन सडकको रुकुमखण्ड निर्माण गरेपछि डोल्पा सडक सञ्जालमा जोडिएको हो ।
एकसय १८ किलोमिटर लम्बाइकोे जाजरकोट–डोल्पा सडकको १०२ किलोमिटर ट्रयाक खोलिएको छ । जाजरकोट रुकुमखण्डको ७८ किलोमिटर सडकमा यातायात सञ्चालनमा आएका छन् । रुकुम गोतामकोटको छरीबगरदेखि डोल्पाको सिमाना त्रिवेनी २० किलोमिटर छ । जाजरकोट–डोल्पा भेरी कोरीडोर मार्गको त्रिवेनीमा पहिलो पटक यातायात सेवा सञ्चालन भएपछि त्यस क्षेत्रका स्थानीयवासिन्दा हर्षित भएको डोल्पाका वीरबहादुर शाहीले बताउनुभयो ।
नेपाली सेनाको छ वर्ष लामो प्रयासपछि त्रिवेनीमा यातायात सञ्चालनमा आएको हो
अबको एक वर्षभित्र सेनाले डोल्पा सदरमुकाम दुनैमा गाडी पु¥याउने लक्ष्य राखेको जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्व बन्धु पहाडीले बताउनुभयो ।
सडक निर्माणमा अहिलेसम्म रु ६० करोडभन्दा बढी रकम खर्च भइसकेको छ । रासस
No comments:
Post a Comment