काठमाडौँ, २६ साउन । यही साउन २८ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘क्षमादेवी दोस्रो सुरक्षित घर प्रदर्शनी’ हुने भएको छ ।
‘सिन्थेसिस एक्जिविसन एन्ड इभेन्ट्स’ प्रालिको आयोजनामा हुने उक्त प्रदर्शनीमा १२० बिक्री तथा प्रदर्शनी कक्ष रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सेफ होम एक्स्पो २०१६ नाम दिइएको उक्त प्रदर्शनीमा नेपालसहित भारत तथा बङ्गलादेशका सुरक्षित आवास निर्माणसँग सम्बद्ध १०० भन्दा बढी कम्पनीको सहभागिता रहने छ । भूकम्प प्रतिरोधी तथा अन्य प्राकृतिक प्रकोपले क्षति गर्न नसक्ने घर तथा भवन निर्माण गर्ने तरिका, आधुनिक तथा सुरक्षित आवासका नयाँ प्रविधि तथा उपलब्ध साधन स्रोतको उपयोगको विषयमा अवलोकनकर्तालाई भरपूर ज्ञान दिइने आयोजकले जानकारी दिएको छ ।
प्रदर्शनीमा निर्माण सामग्री, निर्माण कम्पनी, इन्टरियर डिजाइन, होम अप्लाइन्सेस, आन्तरिक सुरक्षा प्रणालीलगायत सुरक्षित आवाससँग जोडिएका विभिन्न कम्पनी तथा व्यावसायिक प्रतिष्ठानको कक्ष रहने बताइएको छ । रासस
No related posts.
No comments:
Post a Comment