Tuesday, August 2, 2016

तनुजाको हत्या आरोपी पक्राउ

काँकडभिट्टा (झापा), १८ साउन । झापाको शान्तिनगर–१ की ११ वर्षीया तनुजा कोइरालाको हत्यामा आरोपित एक व्यक्ति पक्राउ परेका छन् ।

झापाको बुधबारे–५ स्थित मामाघरमा आएकी तनुजाको गत साउन ५ गते सुतेकै स्थानमा हत्या भएको थियो ।

तनुजाको हत्या अभियोगमा झापाको मेचीनगरमा डेरा गरी बस्ने ३५ वर्षीय राजकुमार राजवंशी पक्राउ परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिनुभयो ।

घटनापछि फरार रहेका अभियुक्त राजवंशीलाई नेपाल प्रहरीको टोलीले भारतको उत्तर प्रदेशस्थित नन्दीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेर आजै नेपाल ल्याएको हो ।

यसैबीच, कोइरालाको हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै आज मेचीनगरका महिलाहरुले बृहत ¥याली निकालेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts