काठमाडौँ, १९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय प्रतिनिधि भालरी जुलियान्डले आज शिष्टाचार भेट गर्नुभयो ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका अवसरमा नेपाल सरकार र राष्ट्र सङ्घबीच रहिआएको सम्बन्ध र द्विपक्षीय सहयोगलाई अझ सुदृढ गर्ने विषयका अतिरिक्त समसामयिक अन्तर्राष्ट्रिय मामिलामा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस
No related posts.
No comments:
Post a Comment