ललितपुर, २१ साउन । जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति कमी भएको छ ।
दमकल सञ्चालनका लागि नियमित नौ जना जनशक्तिको खाँचो पर्छ ।
आवश्यक जनशक्ति नियमित उपलब्ध नहुँदा कठिनाइ भएको नगर प्रहरी बताउँछ । ललितपुर उपमहानगरपालिकाले अहिले दमकलको जिम्मेवारी लिइरहेको छ । उपमहानगरपालिकामा कार्यरत पाँच जना नगर प्रहरी दमकल सेवामा कार्यरत छन् । करारमा आठ जना कार्यरत छन् । जम्मा १३ जना दमकलमा कार्यरत छन् । ‘सिफ्ट’ मा काम गर्ने आठ घन्टा मात्रै ड्युटी गर्ने हुँदा दमकलमा जनशक्ति कमी हुने गरेको हो ।
नगर प्रहरी प्रमुख कदमलाल महर्जन १५ जना जनशक्ति थप गर्दा मात्रै दमकल सहज रुपमा सञ्चालन गर्न सकिने बताउनुहुन्छ । करार र पूर्णकालीन कर्मचारी गरेर एक पटकमा झन्डै पाँच÷छ जना मात्रै तयारी अवस्थामा हुने गर्छन् । उहाँले भन्नुभयो, “सधैँ नौ जना नै तयारी अवस्थामा हुनुपर्ने हो ।”
एउटा दमकलका लागि चालक दुई जना, पाइप समात्ने दुई जना, हेर्ने दुई जना, पानी हान्ने तीन जना गरेर नौ जनाको आवश्यकता पर्छ । अहिले ललितपुरमा चार वटा दमकल छन् । जसमध्ये दुई वटा दमकलमा पानीको ट्याङ्की छ भने दुई वटाले पानीको स्रोत नजिक हुँदामात्रै सेवा दिन सक्छन् । रासस
No comments:
Post a Comment