Saturday, August 20, 2016

पूर्व महान्यायाधिवक्ता फुयाँलको स्वास्थ्यलाभको कामना

काठमाडाँै, ४ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सवारी दुर्घटनामा परी घाइते हुनुभएका पूर्व महान्याधिवक्ता हरि फुयाँललाई आज अस्पतालमा पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

अध्यक्ष ओलीले नर्भिक इन्टरनेसनल अस्पताल थापाथलीमा उपचार गराई रहनुभएका फुयाँललाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

इटहरीबाट काठमाडौँ फर्कने क्रममा पूर्व–पश्चिम राजमार्गको ढल्केबरमा आज बिहान सवारी दुर्घटना हुँदा फुयाँल घाइते हुनु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts