Friday, August 5, 2016

तीन पत्रकारलाई पुरस्कृत गरिने

काँकडभिट्टा (झापा), २१ साउन । पत्रकार रमेश समदर्शीलाई डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापा शाखाद्वारा स्थापित सो पुरस्कारको राशि रु १३ हजार १७ रुपैयाँ रहेको छ ।

महासङ्घको अध्यक्ष गणेशमान मुखियाको अध्यक्षतामा आज बसेको बैठकले आगामी साउन २७ गते आयोजना हुने विरहीको १७औँ स्थापना दिवसका अवसरमा उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सोही दिन यस वर्षको उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमकी पुष्पा सुब्बा र सनराइज एफएमकी शारदा खवासलाई जनही रु एक हजार ५१७ सहित प्रोत्साहनपत्रबाट पुरस्कृत गरिने अध्यक्ष मुखियाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts