नवलपरासी, १७ साउन । देवचुली नगरपालिका–४ झाक्रेमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ ।
आफ्नै घरमा बल्ब जोड्न खोज्दा करेन्ट लागेर स्थानीयवासी जगत तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । रासस
No comments:
Post a Comment