Monday, August 1, 2016

अवरुद्ध पुष्पलाल मार्ग पुनःसञ्चालनमा

पाँचथर, १७ साउन । अविरल वर्षासँगै सडकमा झरेको पहिराका कारण चार दिनदेखि अवरुद्ध मध्यपहाडी (पुष्पलाल)राजमार्गको पाँचथर र तेह्रथुमखण्ड आजदेखि पुनःसञ्चालनमा आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा यन्त्र लगाएर सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । फिदिम–५ सरखण्डे क्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि तेह्रथुमको आठराई क्षेत्रका चुहानडाँडा, छातेढुङ्गा र सङ्क्रान्ति बजारबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै इलाम र झापाको बिर्तामोडतर्फ हिँडेका यात्रु बाटामै अलपत्र परेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts