Wednesday, August 10, 2016

सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जरिवाना

काठमाडौँ, २६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव २०७२÷७३ मा विभिन्न निकायमा नियुक्त भएका एक हजार तीन जना कर्मचारीलाई जनही रु पाँच हजार जरिवाना गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) बमोजिम नियुक्ति पाएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण नबुझाएका ती कर्मचारीलाई जनही रु पाँच हजार जरिवना गराउने निर्णय गरेको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) बमोजिम कुनै पनि निकायमा नियुक्त भएका कर्मचारीले ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने कानुनी प्रावधान छ ।

आयोगका अनुसार ती कर्मचारीलाई रु पाँच हजार जरिवाना गरी सम्पत्ति विवरणसमेत तत्काल पेस गर्न लगाउने निर्णय गरिएको छ ।
सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीले प्रत्येक वर्ष आफनो सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधान रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts