ललितपुर, १३ भदौ । जिल्ला विकास समितिले गत आव २०७२÷०७३ मा कुल रु चार करोड नौ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण रकमअन्तर्गत पाँच हजार १७ जनालाई वृद्ध भत्ताबापत पाउने रु एक करोड ३३ लाख १३ हजार जिविसले उपलब्ध गराएको हो ।
यसैगरी दुई हजार ५०७ जना वृद्धवृद्धालाई औषधोपचार खर्च स्वरुप रु एक करोड ४२ लाख ९८ हजार वितरण गरेको छ । पाँचसय ६७ जनालाई अपाङ्ग भत्ताबापत रु २१ लाख ९७ हजार दिइएको छ ।
जिविसले प्रदान गर्ने भत्ताबमोजिम एकल महिलालाई रु सात लाख ८५ हजार वितरण गरेको छ । भत्ता पाउने महिलाको सङ्ख्या चार हजार ३८८ जना रहेको बताइएको छ ।
यसैगरी बाल संरक्षण अनुदान स्वरुप रु दुई लाख २८ हजार प्रदान गरिएको छ । उक्त आवमा रु १० लाख ८८ हजार रकम फ्रिज भएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताउनुभयो । रासस
No comments:
Post a Comment