Wednesday, September 7, 2016

कौडा खेल्ने र खेलाउने पक्राउ

पोखरा, २२ भदौ । पोखरा उपमहानगरपालिका– २९ हेम्जास्थित फेदीमा मनहरी भण्डारीले सञ्चालन गरेको भण्डारी रेस्टुराँ एण्ड खाना घरबाट कौडा खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक मोहनबहादुर खाँणको नेतृत्वमा गएको टोलीले १६ थान कौडा र खालबाट चार लाख नौ हजार २२ रुपैयाँसहित उनीहरुलाई मङ्गलवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खाजा घर सञ्चालक मनहरी भण्डारी, पोखरा– ९ नयाँ बजारका विष्णु बास्तोला, महेन्द्र रानामगर र नवराज थपलिया तथा पोखरा– ३ नदिपुर बस्ने चिञ्जीवी गुरुङ, कमल सापकोटा, पोखरा– १४ चाउथेका नारायण श्रेष्ठ र मोहोरिया टोलका गोपाल पन्थी रहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts