Wednesday, September 7, 2016

पर्यटकको बसाइँ लम्ब्याउनपर्यटक पथ प्रदर्शक तालिम

पोखरा, २२ भदौ । पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले पोखरा पर्यटन परिषद्ले आजदेखि १० दिने पर्यटक पथ प्रदर्शक तालिम सुरु गरेको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् अन्तर्राष्ट्रिय श्रम सङ्गठन जापानको सहयोगमा सञ्चालित सो तालिममा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) ले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पु¥याउन र औपचारिक रुपमा पर्यटक पथ प्रदर्शकलाई व्यवस्थित गर्न तालिम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताउनुभयो ।

पर्यटक पथ प्रदर्शक तालिमका लागि धेरै युवा आकर्षित भए पनि पहिलो चरणमा जम्मा ४१ जना युवालाई सहभागी गराउन सकिएको जानकारी दिँदै उहाँले तालिमका अन्य आकांक्षीका लागि चाँडै नै अर्को तालिम आयोजना गर्ने सोच राखिएको जानकारी दिनुभयो ।

तालिमउद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा क्षेत्रीय कार्यालयका प्रमुख उदय भट्टराई, नाथमका यातायात एवम् अनुसन्धान विभाग प्रमुख कृष्ण खरेल, परिषद्का पूर्व अध्यक्षद्वय डम्बरबहादुर केसी र टीकाराम सापकोटा, उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम लगायतले पर्यटक पथ प्रदर्शकले निर्वाह गर्ने भूमिकाले चर्चा गर्दै ती पथप्रदर्शकले पर्यटकको बसाइँ लम्ब्याउन वा छोट्याउन सक्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts