Thursday, September 15, 2016

विदेश नीति सत्ता पक्ष र विपक्षको फरक हुन नहुने : खनाल

चितवन, ३० भदौ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आवश्यक गृहकार्य नगर्दा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा विवादमा पर्ने गरेको बताउनुभएको छ ।

भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भारत भ्रमण जानुअघि प्रधानमन्त्रीले जुन ढङ्गको गृहकार्य गर्नुपर्ने हो त्यो नहुँदा फस्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “आफ्नै कारणले फसेका पनि छन् र फसाइएका पनि छन् ।” आफू दह्रो भएर नजाँदा फसेका र फसाइएका प्रशस्त उदाहरण रहेको पनि उहाँले औँल्याउनुभयो ।

खनालले भन्नुभयो – “भारत जाँदा जुन शीर ठाडो छ, आउँदा शीर निहुराउन नपरोस् भन्ने हामी चाहन्छौँ ।” राष्ट्रको सर्वाेपरि हितलाई ध्यानमा राखेर सन्धिसम्झौता गर्नुपर्ने सुझावसहित नेकपा (एमाले)ले के गर्दा राम्रो हुन्छ भन्ने विषयमा एक ज्ञापनपत्र समेत दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “एमालेले लोकतन्त्र, राष्ट्रियता, सीमा, देशको सार्वभौमसत्तालगायतका विषयमा गम्भीर हुन सुझाएको छ ।”

भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने नेता खनालको धारणा छ । मुलुकको विदेश नीति सत्ता पक्ष र विपक्षको फरक कहिल्यै हुन नहुने पनि उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts