Thursday, September 15, 2016

ठूलो आन्द्राभित्र सानो आन्द्रा !

झापा, ३० भदौ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ ।

मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताका अनुसार सुरुङ्गा निवासी पाँच वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम भने गोप्य राखिएको छ ।

पेट दुखेर सिकिस्त बिरामी भएपछि बालकलाई दुई दिनअघि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको थियो । “उपचारका क्रममा बालकको पेटको भिडियो एक्स–रे गर्दा ठूलो आन्द्राभित्र सानो आन्द्रा फेला प¥यो” –डा गुप्ताले भन्नुभयो ।

लाखौँमा एक जनालाई मात्र यस्तो समस्या हुने बताउँदै डा गुप्ताले भन्नुभयो – “समयमा नै यस्तो समस्याको उपचार नगराउने हो भने मानिसको मृत्यु समेत हुन्छ ।”

बालकको पहिलो चरणमा नै समस्या पत्ता लागेकाले उपचार सम्भव रहेको डा गुप्ताको भनाइ छ । मेची अञ्चल अस्पतालमा उपकरण अभावका कारण बालकको उपचार सम्भव नभएपछि थप उपचारका लागि आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डा गुप्ताले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts