बँेसीसहर (लमजुङ), २४ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपलब्धिलाई संस्थागत गर्न नसक्दा नेपालको विकास हुन नसकेको बताउनुभएको छ ।
एकसय दुईऔँ बिपी जयन्तीका अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न लमजुङ आउनुभएका पौडेलले भन्नुभयो, “हामीसँगै क्रान्ति गरेका छिमेकी मुलुक विकासमा फड्को मारिसके हामी भने कहिले प्रजातन्त्र, पञ्चायत, लोकतन्त्रलगायतका विभिन्न तन्त्रमा भुलिरह्यौँ त्यसैले हामी पछाडि परेका हौँ ।
कृषि, जलविद्युत् र पर्यटनको विकास गर्नसकेमात्र देश आर्थिक रुपमा समृद्ध हुने बताउँदै उहाँले नेपालमा कृषि जलविद्युत् र पर्यटन सबैको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रको विकासमा ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।
नेपाली काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्टराई, कल्याण गुरुङ, काँग्रेस लमजुङका पूर्वसभापति सांसद चन्द्रबहादुर कुँवर, पूर्वसभापति तारानाथ कोइराला, शङ्करकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, कृष्णप्रसाद कोइराला र कोषाध्यक्ष श्रीकान्त घिमिरे लगायतले बिपीको विचार आत्मसात् गर्न आग्रह गर्नुभएको थियो । रासस
No comments:
Post a Comment