Thursday, September 8, 2016

पुरानै संरचनामा निर्वाचन गर्नु उपयुक्त हुन्छ: अध्यक्ष राणा

नेपालगन्ज, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको छ ।
सो पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो–“संविधान कार्यान्वयनका लागि स्थानीय र प्रदेशको निर्वाचन अविलम्ब गर्नुपर्ने भएकाले संरचना परिवर्तन गर्नुभन्दा पुरानै संरचनामा निर्वाचन गर्नुपर्छ ।”

उहाँले संविधान संशोधन गरेर मधेसी मोर्चाले प्रस्तुत गरेका माग सम्बोधन गर्नुपर्ने बताउँदै दुई मधेस प्रदेश, सबै वर्गको आरक्षण र नागरिकताको विषय संविधानमा संशोधन गर्न आफ्नो दलको समर्थन छ भन्नुभयो ।
पत्रकाहरुको जिज्ञासामा अध्यक्ष राणाले संविधानमा धर्म निरपेक्षता सुटुक्क प्रवेश गराएकाले आफ्नो दल हिन्दू राज्य नेपालकै पक्षमा रहेको बताउनुभयो ।
उहाँको थप भनाइ थियो– “आफ्नो दल र राप्रपा नेपालबीचको एकीकरण आफ्नो कारणले रोकिएको नभएकाले अहिले पनि एकीकरणको ढोका बन्द गरेका छैनौँ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts