Wednesday, September 7, 2016

अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस, नेपालमा पनि मनाईंदै

काठमाडौ, २३ भदौ । आज ३७औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइदैछ ।
‘समृद्ध राष्ट्र लागि जीवन उपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ सरकारले विभिन्न कार्यक्रम गरी राष्ट्रिय साक्षरता दिवस मनाउन लागेको छ । दिवसको अवसर पारेर राष्ट्रिय सभागृहमा उत्कृष्ट विद्यालयहरुलाई शिक्षा मन्त्रालयले सम्मान गर्दैछ भने केहीबेरमा राष्ट्रपति कार्यालयमा उत्कृष्ट विद्यार्थीहरुलाई पदक प्रदान गर्ने कार्यक्रम रहेको शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।
वि सं २०३१ सालदेखि नेपालले शिक्षा दिवस मनाउन थालेको हो भने हरेक सेप्टेम्बर ८ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले साक्षरता दिवस मनाउँदै आएको छ । पछिल्लो केही वर्ष यता नेपालमा अन्तर्राष्ट्रियरुपमा साक्षरता दिवसकै दिन शिक्षा दिवस पनि मनाउन थालिएको हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts