Monday, October 24, 2016

बालमस्तिष्क पक्षघात भएका बालबालिकाको उपचार

इलाम, ८ कात्तिक । बाल मस्तिष्क पक्षघात भएका बालबालिकालाई उपचार गर्ने उद्देश्यले इलामका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

करुणा फाउन्डेसन नेपाल इलाम र सिपी सेन्टर धापासी ललितपुरको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र इलाम अस्पतालमा सञ्चालित शिविरमा ३१ जना बालबालिकाको उपचार गरिएको छ ।

शिविरमा बालरोग विशेषज्ञ डा रीतेश थापा, फिजियोथेरापिस्ट मनोजकुमार शाह, करुणा फाउन्डेसनका सन्त विश्वकर्माले बालबालिकालाई उपचार तथा परीक्षण गर्नुभएको थियो । बाल मस्तिस्क पक्षघात भएका बालबालिकालाई उपचारका लागि काठमाडौँसम्म लैजान ल्याउन समस्या हुने भएकाले स्थानीय तहमै शिविर सञ्चालन गरिएको फाउन्डेसनका विश्वकर्माले बताउनुभयो ।

स्थानीय निकायको सङ्ख्या दश

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले इलाम जिल्लालाई १० वटा स्थानीय तह बनाउने गरी अन्तिम खाका तयार गरेको छ ।

स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले इलाममा चार नगरपालिका र छ गाउँपालिका रहने गरी १० सङ्ख्याको खाका तयार गरेको हो । प्राविधिक सहयोग समितिले स्थानीय निकाय पुनःसंरचना आयोगले संशोधनपछि तोकी पठाएको आठदेखि ११ को सङ्ख्याबीचमा दलबीच छलफल गरी १० वटा सङ्ख्यामा सहमति जुटाएको प्राविधिक सहयोग समितिका संयोजक मदन कोइरालाले बताउनुभयो ।

विगतमा आयोगको मापदण्डका कारण दलबीच सङ्ख्यामा सहमति जुट्न नसके पनि हाल आयोगले मापदण्ड संशोधन गरेपछि दलबीच सहमति बनेको प्राविधिक सहयोग समितिले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts