Monday, October 24, 2016

नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान : प्रम दाहाल

काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताउनुभएको छ ।

नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भएको भेटघाटमा उहाँले भन्नुभयो — नेपाल सम्वत् हाम्रो मौलिक पहिचान भएकाले यसलाई स्थापित गर्न सरकार गम्भीर रहेको छ ।

प्रम दाहालका निजी सचिवालयका अनुसार भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोहका प्रतिनिधिले प्रम दाहाललाई यही कात्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वत्को मूल समारोह कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरिदिन हुन आग्रह गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts