Monday, October 24, 2016

प्रधानमन्त्री दाहालसँग भियतनामका राजूतको भेट

काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि भियतनामका राजदूत टोनसिङ थान्हले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा नेपाल र भियतनाम बीचको आपसी सम्बन्ध र द्वीपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल र भियतनामबीच लामो र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दैे प्रधानमन्त्री दाहालले पछिल्लो समय नेपाल र भियतनाम बीचको सम्बन्धमा निकटता बढेकामा खुसी व्यक्त गर्नुभएको प्रधानन्त्रीका उपस्वकीय सचिव मनहरि तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।

राजदूत थान्हले उच्चस्तरीय राजनीतिक भेटघाट गरेर दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts