काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमार्फत आदिवासी जनजाति, मधेसी, महिला र दलितका मागलाई सम्बोधन गरिने बताउनुभएको छ ।
सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष, गायक तथा सङ्गीतकार राजेन्द्र श्रेष्ठको गीति एल्बम “पहिचान यात्रा” को यहाँ आज आयोजित एक कार्यक्रममा विमोचन गर्दै संविधान संशोधनका लागि सबै दलहरूसँगको छलफललाई तिब्र बनाएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा वा सरकार बाहिर रहँदा निरन्तर रूपमा पहिचान र अधिकारको मुद्दा अगाडि बढाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ अध्यक्ष अशोक राईले जतिसक्दो चाँडो संविधान संशोधन गरेर सङ्घीयताको मुद्दालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
सह–अध्यक्ष, गायक तथा सङ्गीतकार श्रेष्ठले गीत÷सङ्गीतको व्यवसाय गर्नेभन्दा पनि पहिचानको सन्देश दिने उद्देश्यले यो एल्बम सार्वजनिक गरिएको प्रष्ट पार्नुभयो ।
एल्बममा “यो माटो छोएर” (रचना÷सङ्गीत ः राजेन्द्र श्रेष्ठ), “हामी पीडित जनता” (रचना ः दुर्गालाल श्रेष्ठ, सङ्गीत ः राजन राई), “अलिकति आकाश” (रचना÷सङ्गीत ः राजन राई) र “एउटा ढुङ्गा पारी” (रचना÷सङ्गीत ः राजेन्द्र श्रेष्ठ) समावेश गरिएको छ ।
त्यसैगरी, “सङ्घीय नेपाल” (रचना ः राजभाई जकःमी, सङ्गीतः न्ह्यू बज्राचार्य), “फूलहरू फूलेपनि” (रचना ः विक्रम सुब्बा, सङ्गीत हरि थापा) “चेलीलाई हामी” (रचना÷सङ्गीत ः राजेन्द्र श्रेष्ठ) र “दबाएर नदबिने” (रचना ः भगवान चाम्लिङ राई, सङ्गीत राजेन्द्र श्रेष्ठ) शीर्षक गीतहरु समावेश गरिएका छन् । रासस
No comments:
Post a Comment