काठमाडौ, १४ कात्तिक । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय सातौँ जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाइदैछ ।
विसं १९६६ कात्तिक कृष्ण औँसीका दिन महाकवि देवकोटाको जन्म भएको थियो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै उहाँको नाम लक्ष्मीप्रसाद राखिएको थियो । नेपाली साहित्यमा स्वच्छन्दबादको विकासमा महाकवि देवकोटाको भूमिका महत्वपूर्ण मानिन्छ ।
जन्मजयन्तीका अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका कृतिमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । देवकोटा जयन्तीका अवसरमा आज विभिन्न साहित्यिक संस्थाले विविध साहित्यक कार्यक्रमको आयोजना गर्ने गर्छन् ।
देवकोटा विसं २०१६ सालमा शिक्षा तथा स्वायत्त शासन मन्त्री बन्नुभएको थियो । त्यो समय उहाँले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्न र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनुभएको थियो ।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै लेखिएको ‘सुलोचना’ महाकाव्य र एकै दिनमा लेखिएको ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटालाई तुरुन्त कविता लेख्न सक्ने क्षमताका कारण आँसुकवि पनि मानिन्थ्यो ।
Saturday, October 29, 2016
महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय सातौँ जन्मजयन्ती मनाइँदै
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment