लहान, १२ कात्तिक । मनी ट्रान्सफरबाट रकम झिकेर घर जाँदै गरेका एक व्यक्तिका साथबाट आज रु एक लाख २४ हजार लुटिएको छ ।
छोरा शत्रुघ्न मण्डलले विदेशबाट पठाएको रकम लहानस्थित मनिट्रान्सफरबाट झिकेर घरतर्फ जाँदै गरेका सिरहा गाविस–२ का सटहुका साथमा रहेको रु एक लाख २४ हजार लुटिएको हो ।
मनी ट्रान्सफरबाट रकम झिकेर बाहिरिए लगत्तै मोटरसाइकलमा आएका तीन जनाको समूहले सटहुका शरीरमा पानीमा बिस्कुट घोलेर छर्किएको र सो पखाल्न लाग्दा उनीहरुले रकम लुटेर फरार भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment