Monday, October 24, 2016

धर्मनिरपेक्षतामाथि प्रहार हुन थालेको छः मन्त्री गुरुङ

इटहरी, ८ कात्तिक । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षमाथि प्रहार हुन थालेको बताउनुभएको छ । ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीले शनिबार साँझ धरानमा आयोजना गरेको ‘आदिवासी जनजातिका मुद्दा र संविधान संशोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री सुब्बाले विभिन्न जातजाति, धर्म र संस्कृतिले विविधतायुक्त मुलुक नेपाल कुनै पनि धर्मविशेषको राज्य हुन नसक्ने बताउँदै धर्मनिरपेक्षताले कुनै पनि धर्मको संरक्षणमा हानि नगरेको र भविष्यमा पनि नगरिने स्पष्ट पार्नुभयो ।

नेपाल आदिवासी जनजाति सङ्घका सभापति इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको विशिष्ट प्रकारको सामाजिक, आर्थिक र सांस्कृतिक मौलिक परम्परा र चरित्र भएको उल्लेखगर्दै अब बन्ने सबै सङ्घीय प्रदेशलाई बहुजातीय र समानुपातिक समावेशी सहभागितामा लाग्नुपर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीका सभापति नन्दराज राईको अध्यक्षता कार्यक्रम सम्पन्न भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts