Monday, October 24, 2016

काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समिति गठन

ताप्लेजुङ, ८ कात्तिक । स्थानीय समाजसेवी खेलप्रसाद बुढाक्षेत्री (पराग)को अध्यक्षतामा ७५ सदस्यीय काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समिति गठन भएको छ ।

विद्युत् विकास समितिले भर्खरै जिल्लाको भौगोलिक अवस्थाबारे सर्भेक्षण गरेसँगै आयोजना प्रभावित क्षेत्रका सरोकारवालाको भेलाले सो समिति गठन गरेको हो ।
आयोजना प्रभावित खेवाङ, पेदाङ, मामाङ्खे, याम्फुदिन, सुरुम्खिम, आम्बेगुदिन, मेहेले र तेल्लोक गरी आठ गाविसका सरोकारवालाको भेलाले गठन गरेको सो समितिको उपाध्यक्षद्वयमा तेजशम्शेर भट्टराई (काजी) र धर्मप्रसाद घिमिरे तथा सचिवमा गजेन्द्र तुम्याहाङ, सहसचिवमा टीका माबो र कोषाध्यक्षमा हेमराज थेबे चयन हुनुभएको छ ।

आयोजनाको कार्य छिटो अगाडि बढाउन र आयोजनालाई सार्वजनिक निजी साझेदारीको अवधारणा (पी क्युव मोडेल)मा सञ्चालन गराउन पहल गर्ने उद्देश्यले सरोकार समिति गठन भएको र सोहीअनुरुप कामलाई अघि बढाइने अध्यक्ष बुढाक्षेत्रीले बताउनुभयो ।
बाइस मेगावाट क्षमताको उक्त आयोजना सम्पन्न गर्न रु तीन अर्ब ४४ करोड खर्च हुने जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts