Friday, November 18, 2016

श्रीमती हत्याको आरोपमा पूर्पक्षका लागि कारागारमा

भीमदत्तनगर, ३ मङ्सिर । श्रीमती हत्याको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका– १२ का ३० वर्षीय केशवराज पन्त पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

गत कात्तिक ६ गते घरमै २१ वर्षीया श्रीमती पशुपति पन्तलाई कुटपिट गरी हत्या गरेको आरोपमा केशवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराइएका भट्टलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) नं. बमोजिम पूर्पक्षको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts