Saturday, November 19, 2016

संविधान कार्यान्वयन प्रमुख राष्ट्रिय कार्यभार : नेता पौडेल

पर्सा, ४ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै अहिले मुलुकको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – संशोधनको माध्यमवाट संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्दछ ।

नेता पौडेलले संंविधान कार्यान्वयनमा देखिएका चुनौतीलाई सम्बोद्धन गर्नु सबै राजनीतिक दलको साझा कर्तव्य भएको उल्लेखगर्दै “संविधान कार्यान्वयनका लागि स्थानीय तहलगायत तीन तहको निर्वाचन गर्नु आवश्यक छ तर निर्वाचनको वातावरण बनाउनका लागि संविधान संशोधन गरेर मधेसी, आदिवासी, जनजातीका गुनासालाई सम्बोधन गर्नु आवश्यक रहेको छ भन्नुभयो ।”

मुलुकका बिधमान राजनीतिक विवादलाई कम गर्न तथा राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन आफू तराई– मधेस संवाद अभियानमा हिँडेको चर्चागर्दै उहाँले यो अभियानले संविधान संशोधन गरेर मुलुकको बिधमान राजनीतिक समस्या समाधानमा सहयोग पुरियाउने विश्वास व्यक्त गर्नुभयो ।

नेता पौडेलले मुलुकमा सुशासन कायम गर्न तथा भ्रष्टाचारबाट मुलुकलाई जोगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थालाई प्रभावकारी, बलियो, पारदर्शी र थप सशक्त बनाउनुपर्नेे आवश्यकतामाथि जोड दिनुभयो ।

एमाले र (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसद्मा दर्ता गराएको महाभियोग प्रस्तावमाथि संसदीय समितिले छानबिन गरी दोषी भेटे कारबाही गर्ने भए पनि त्यसैको आडमा आयोगलाई नै कमजोर पार्ने भइरहेको खेल मुलुकका हितमा नभएको उहाँले प्रस्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts