Saturday, November 19, 2016

प्रजातान्त्रिक विचार समाजमा अधिकारी

बेंसीसहर(लमजुङ), ४ मङ्सिर । प्रजातान्त्रिक विचार समाज लमजुङ शाखा शालिग्राम अधिकारीको संयोजकत्वमा गठन भएको छ ।

समाजका केन्द्रीय संयोजक केदारनरसिंह केसी एवम् वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेको विशेष उपस्थितिमा ११ सदस्यीय समिति गठन गरिएको हो । संस्थाको विधान अनुसार शाखामा नेपाल शिक्षक सङ्घ, नेपाल प्रेस युनियन, इन्जिनियर्स एसोसिएसन, प्राध्यापक सङ्घका प्रतिनिधि लगायत छन् ।

कार्यक्रममा केन्द्रीय संयोजक केसीले नेपाली काँग्रेसमा गुट र उपगुट नभई विचारको बहस गराउन समाज क्रियाशील रहने बताउनुयो । वरिष्ठ उपाध्यक्ष वाग्लेले काँग्रेसमा पार्टीको विचारलाई जीवित राख्न बौद्धिक समूहको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित जिल्ला कार्यकर्ताले काँग्रेसमा गुट र उपगुटको राजनीतिले आन्तरिक मनमुटाव बढ्नाका साथै पार्टी कमजोर अवस्थामा पुगेको धारणा राखेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts