Saturday, November 19, 2016

अन्धविश्वासका कारण छाउँगोठमै बस्छन् महिला

जुम्ला, ४ मङ्सिर । यहाँको रारालिही गाविस जुम्लाका महिनावारी भएका र सुत्केरी महिला अहिले पनि छाउँगोठमै बस्दै आएका छन् ।

राज्य मातहतका स्थानीय सरकारी निकाय र गैर सरकारी सङ्घ÷संस्थाले छुई प्रथा न्यूनीकरण अभियान थालेको बेला रारामा यो समस्या अहिले पनि कम नभएको देखिएको हो ।

उनीहरु महिनावारीका बेला सात र सुत्केरी हुँदा १८ दिन छाउँगोठमा बस्ने गरेको स्थानीयवासी धना बुढाले बताउनुभयो । सुत्केरी र महिनावारी हुँदा छुनुहुँदैन भन्ने कुप्रथाका कारण महिलाले फोहर गोठमा बस्दै आएको सीता मावि रारालिहीमा कक्षा १० मा अध्ययनरत हिमा रावतले बताउनुभयो ।

म १४ वर्षकी भए, भर्खरै मात्र महिनावारी हुँदा सात दिनसम्म फोहर र चुहिने गोठमा बस्नुप¥यो । तर यसअघि विद्यालयमा आयोजित छाउ विरुद्धको सचेतनामूलक कार्यक्रममा गोठमा नबस्ने अठोट गरेकी थिए, उहाँले भन्नुभयो ।

त्यसरी गोठमा बस्दा आफूलाई निकै असुरक्षित र अन्याय महसुस भएको उहाँले प्रतिक्रिया दिनुभयो । तर पूखौदेखि चलिआएको समाजको रीतिरिवाजका विरुद्ध बोल्दा आफू एक्लिनुपर्ने उहाँको भनाइ थियो ।

सुत्केरी र महिनावारी हुँदा घरको जगभित्ता छुन नहुने, पशुचौपाया छँुदा बहुलाउने, बोटबिरुवा छुँदा कुहिने अन्धविश्वासी मान्यताका कारण पशुगोठमा बस्नुपरेको स्थानीय महिला शक्ति बुढाले दुखेसो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँमा कोही रोगी बिरामी हुँदा धामीझाँक्रीले छुइछुतोका कारण देवता लागेको भन्छन्, देवताको डरले पनि अलग्गै गोठमा बस्नुपरेको हो ।’

नेकपा (माओवादी केन्द्र) गाविस इकाई कमिटिका अध्यक्ष सुवास बस्नेतले माओवादी सशस्त्र युद्धकालमा पनि यो समस्या हटाउन नसकिएको स्वीकार गर्नुभयो । जकडिएको रुढिवादी संस्कृतिका कारण आफ्नो परिवार बाहेक समाजको विद्यमान छुई प्रथा न्यूनीकरण गर्न नसकिएको उहाँले बताउनुभयो ।

स्थानीय महिला अधिकारकर्मी बास्मती बस्नेतले छुई प्रथा न्यूनीकरणका नाममा एनजिओ÷आइएनजिओले करोडौं डलर खर्च गरेर आफ्नो स्वार्थ पुरा गरेपनि समाजमा कुरीति कायमै रहेको धारणा राख्नु भयो ।
नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले सदरमुकाम एरियामा गोठमै नभई अलग्गै कोठा बनाएर बस्ने गरेको बताउनुभयो । संयोजक महतले छाउप्रथाका कारण बढिरहेको महिला हिंसा र मानव अधिकार हनन्का घटनामा सरकारी ध्यान नगएको जिकिर गर्नुभयो ।

छुई प्रथाले जाडो याममा महिलाको जीवन झनै कष्टकर बन्ने गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts