Saturday, November 19, 2016

कार दुर्घटना परी मृत्यु हुनेको सनाखत

हेटौँडा, ४ मङ्सिर । मकवानुपरको भीमफेदी–२ जुरीखेतमा आज बिहान भएको कार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ ।

कारमा सवार पाँच जनामध्ये काठमाडौँका ५० वर्षीय सरद वैद्य र ४० वर्षीया अनुजा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इप्रका भीमफेदीले जनाएको छ । मृतकहरु दाजु बहिनी रहेको बताइएको छ ।

दुर्घटनामा परी घाइते भएका पिपलसार–२ नुवाकोटका कार चालक ३७ वर्षीय दीपक भुजेल, काठमाडौँ ज्याठा–३० का ४८ वर्षीय दीपक श्रेष्ठ र उनका १० वर्षीया छोरी आरजलाई उपचारका लागि चुरेहिल अस्पताल हेटौँडा लगिएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ च ९२८९ नं कार दुर्घटनामा परेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts