लिबाङ (रोल्पा), ६ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र गुटउपगुटको राजनीति मौलाउँदै गएको बताउनुभएको छ ।
काँग्रेस रोल्पाले आज सदरमुकाममा आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले भन्नुभयो, “नेपाली काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र गुट उपगुट भएर होइन, पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्छ ।”
कार्यक्रममा अर्का केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्द पोखरेल लगायतले पार्टी कार्यकर्ता गुटमा भन्दा पनि पार्टी नीति र सिद्धान्तमा लाग्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment