Monday, November 21, 2016

पचास हजार घुससहित नासु पक्राउ

काठमाडौँ, ६ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काठमाडौँका नासु अङ्गुरकुमार सिग्देललाई रु पचास हजार घुसहित कार्यस्थलमा नै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता गणेशराज कार्कीकाअनुसार सेवाग्राहीसँग घुस रकम मागिरहेको प्राप्त सूचनाका आधारमा पुगेको आयोगको टोलीले कार्यालय परिसरबाटै उहाँलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts