Saturday, November 19, 2016

जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउँछु : मन्त्री शर्मा

चितवन, ४ मङ्सिर । ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले त्यसका लागि अध्ययन भइरहेको बताउनुभयो ।

उहाँले छिट्टै जिल्लालाई पनि क्रमशः लोडसेडिङमुक्त बनाउँदै जाने बताउनुभयो ।

चुहावट नियन्त्रणका लागि व्यवस्थापनको समस्या रहेको भन्दै त्यसलाई पनि सुधार गर्दै आफू अगाडि बढेको उहाँले उल्लेख गर्नु भयो ।

उहाँले अधिक माग हुने समयमा उद्योगलाई दुई घन्टा लोडसेडिङ गर्दा आमजनतालाई विद्युत् दिन सकिने अवस्था रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि गृहकार्य थालिएको बताउनुभयो ।

“विद्युत् अभाव भन्दा पनि उपलब्ध विद्युत्को व्यवस्थापन नहुँदा लामो समय लोडसेडिङ खेप्नुपरेको छ ।” उहाँले भन्नुभयो
फरक प्रशङ्गमा मन्त्री शर्माले संविधान संशोधनका लागि आन्दोलनरत दल र प्रतिपक्षीसँग छलफल भइरहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts