अङ्रेजी नयाँ बर्ष २०१७ को शुभ अबशर पारेर गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समितीले युएईब्यापी खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
उक्त खुल्ला भलिबल प्रतियोगीता फुजैराह स्थित हिल्टन होटेलको नजिकै समुन्द्रको छेउमा १ जनवरी २०१७ आईतवारका दिन बिहान ठीक १० बजेदेखि शुरु हुने बताईएको छ ।
फुजैराहमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै समाज सेवाका कार्यहरु गर्नुका साथसाथै आफ्नो जन्म भुमी छोडेर प्रबाशमा जागिरको कारण ब्यस्त रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई बेला बेला एकै ठाउँमा भेटघाट गराउदै बिभिन्न मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै अाई रहेको गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समितीले यसपाली भने बेग्लै खालको कार्यक्रमको आयोजना गरेको छ ।
खेल प्रेमीहरुको उत्साह बढाउने मुख्य उदेश्यका साथै खेल प्रति जागरुकता, उत्साहित तुल्याउनको लागि संस्थाले उक्त प्रतियोगिताको आयोजना गरेको एनआरएनए फुजैराह क्षेत्रीय समितीका उपाध्यक्ष सागर लुईटेलले हामीलाई जानकारी दिनु भयो ।
खेलमा प्रवेश शुल्क २०१ धिराम तोकिएको छ भने प्रथम पुरुस्कार खशीका साथमा कप मेडल अनि प्रमाण पत्र, दोश्रो र तेस्रो पुरुस्कार टीमको उपस्थिती हेरेर तोकिने र प्रतियोगिताको सबै भन्दा राम्रो खेल्ने खेलाडीलाई पनि उचित पुरस्कारको ब्याबस्था गरिएको आयोजक समितीले बताएका छन्,
मनोरन्जन्तामक कार्यक्रम सँगै दु:ख अाई परेका नेपालीहरुलाई सहयोग गर्दै आएको गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समितीले फुजैराहमा आयोजना गरेको उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भई सकेकोले सो युएईब्यापी खुल्ला भलिबल प्रतियोगितामा यूएई स्तिथ सम्पूर्ण नेपाली संघ संस्थामा आबद्द खेलकुद प्रेमीलाई उपस्थित भएर सो प्रतियोगितालाई लाई भब्यताका साथ सफल पारी दिनु हुन आयोजक पक्षले अनुरोध गरेको छ ।
मान बहादुर के.सी. ‘मुस्कान’ पौष १०, यूएई,
No comments:
Post a Comment