Monday, December 26, 2016

बसन्त चौधरीको पुस्तक युएईमा विमोचन हुने

युएई। चौधरी गू्रपका अध्यक्ष एबम नेपालको पहिलो विलिनियर उद्योगपति बिनोद चौधरीको आत्मकथा समेटिएको कृति बिनोद चौधरी आत्मकथा पुस्तकलाई मेकिगं इट विगको अंग्रेजी संस्करण युएईमा बिमोचन हुने भएको छ ।
जनवरी ५ तारिक साँझ ६ बजे देखि दुबई मलको किनोकुनिया बुकस्टोरमा सार्बजनिक गर्न लागिएको पुस्तक मेकिगं इट विगको नेपाली संस्करण नेपालमा सबै भन्दा धेरै बिक्री भएको आत्मकथा पुस्तक हो । पुस्तकले नेपाल सगरमाथाको देश, गोर्खालीको देश मात्र होइन, बहुराष्टिय कम्पनी र विलिनियरको पनि देश हो भन्ने सन्देश दिन यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने समिक्षकहरुले बताएका छन ।
नेपालीदूतावास अबुधावीका कार्यबाहक राजदूत नेत्र बहादुर टन्डनको बिशेष उपस्थितिमा विमोचन गर्ने कार्यक्रममा युएईका सामाजिक संघसंस्था, समाजसेवी संचारकर्मी एबम व्यावसायीहरुलाई उपस्तिथिका लागि अनुरोध गरिएको कार्यक्रम गैर आवासीय नेपाली संघ युएईको सहकार्यमा मोफसल मिडिया गू्रपको ब्याबस्थापनमा हुने भएको छ ।
नेपाली सस्करणमा विलिनियर उद्योगपति बिनोद चौधरीको कृतिजिन्दगीकाअध्यायहरुलाई जन्म, उदय,पुनर्जन्म र बिजनेस मन्त्रगरि चार भागमाविभाजितगरियको थियो । अंग्रेजी संस्करणले सन २०१३ पछिका नयाँविवरणहरु समेट्नुका साथै भारत एवं अन्यत्रपनिउनका पछिल्ला व्यावसायिकविस्तार र उपलब्धिका बेलिबिस्तार वर्णन गरिएको चौधरी ग्रुपकालागियुएईकासिनियर मेजेजर साहिलमानसिंह प्रधानले मोफसललाई बताए ।
बिनोद चौधरी आत्मकथा पुस्तकलाई नेपाली सस्करण नेपालयले र अंगेजी सस्करण पेन्गुइन इन्डियाले  प्रकाशन गरेको हो । कृतिपत्रकार सुदिपश्रेष्ठको सहकार्यमा लेखियको हो । मेकिगं इट विगको अग्रेजी संस्करण पुस्तकलाई अनुवादपत्रकार संजीव घिमिरेले गरेकाहुन ।
फोर्ब्स पत्रिकालेचौधरीलाईउल्लेख गर्दै उनको परिवारलाई सन २०१३ माविश्वकै अर्बपतिहरुको सूचीमा समावेश गरेको थियो । त्यतिबेलादेखि नै नेपालकापहिलो र अहिलेसम्मपनिएक्लाअर्बपतिको पहिचानलाई कायम राख्दै आएका छन ।
त्रिलोचन कोइराला

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts