Saturday, December 3, 2016

संविधान संशोधन प्रस्ताव फेल हुन्छ : मन्त्री पाण्डे

लमजुङ, १८ मङ्सिर । भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गर्नुभएको छ ।

राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ आउनुभएका मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै परामर्श नगरी संशोधन प्रस्ताव पेस गरेकाले आफूहरु संशोधनको विपक्षमा रहेको उहाँको भनाई थियो ।
“सत्ता साझेदार नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद समेत संशोधनको विपक्षमा छन् यस्तो अवस्थामा कसरी संशोधन प्रस्ताव पारित हुन्छ ?”उहाँले प्रश्न गर्नु भयो ।
मन्त्री पाण्डेले आफूले पाँच विकास क्षेत्रलाई नै ५ प्रदेश मानेर सीमाङ्कन गर्न गरेको आग्रहलाई अस्वीकार गरेर ठूला दलका नेताले गम्भीर त्रुटी गरेको आरोप समेत लगाउनुभयो ।

सरकारको काम जनअपेक्षा अनुरुप हुन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले भूमिसुधार मन्त्रालयले भने जनतालाई अनुभूति हुने गरी काम गरेको दाबी गर्नुभयो ।

राप्रपा र राप्रपा नेपालको एकीकरणले देशमा राष्ट्रवादी शक्तिको मनोवल उच्च राखेको भन्दै मन्त्री पाण्डेले आगमी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने बताउनु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts