Friday, December 2, 2016

श्रीमानद्धारा श्रीमतीको हत्या

सल्यान, १७ मंसिर ।  महिला हिंसा विरुद्धको १६ दिने अभियान चलि रहदा सल्यानमा भने श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सल्यान धनवाङ गाउँ विकास समिति वडा नं ८का ५५ वर्षिय लाल  बहादुर सिजालीले ४८ वर्षिया गोकुली सिजालीको हत्या गरेका हुन्  । मदिरा सेवन गरी घर पुग्दा श्रीमतीसँग मतभेद हुँदा आवेगमा आएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
हत्या आरोपमा श्रीमान सिजालीलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख श्याम बहादुर खत्रीले जानकारी दिनु भयो । मदिरा सेवन गरेका श्रीमानले हानेको लात्तीले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनु भयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts