कञ्चनपुर, २२ मङ्सिर । स्थानीय तह पुनःसंरचना खाका परिमार्जित गरेर आयोगमा सिफारिस गरिएको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति कञ्चनपुरले पुनःसंरचनाको खाकामा परिमार्जन गर्दै दुई विकल्पसहित अन्तिम पटकका लागि आयोगमा सिफारिस गरेको हो ।
परिमार्जित खाकामा यसअघि देखतभुली गाविस– ७, ८ ,९, कृष्णपुर नगरपालिकाका वडा नं ७ र ८ लाई प्रस्तावित लालझाडी नगरपालिकामा मिलाउन सकिने र ९ नम्बर वडालाई मात्र कृष्णपुरमा मिलाउन सकिने गरी प्रस्ताव गरिएको स्थानीय तह प्राविधिक सहयोग समितिका संयोजक राजेश पौडेलले बताउनुभयो ।
“अर्को विकल्पमा प्रस्तावित शुक्लाफाँटा नगरपालिकामा रहेको देखतभूलि–३ लाई लालझाडी नगरपालिकामा मिलाउन सकिने विकल्पसहितको प्रस्ताव गरिएको छ” उहाँले भन्नुभयो । समितिले यसअघि नै कञ्चनपुरमा ९ वटा स्थानीय तह रहने प्रस्तावको खाका आयोगमा पठाइसकेको छ ।
स्थानीय तह पुनःसंरचना आयोगले स्थानीय तहको खाका हेरफेर गरेर अन्तिम खाका पुनःआयोगमा पठाउन पत्राचार गरेपछि दुई विकल्प सहितको खाका आयोगमा संयोजक पौडेलले बताउनुभयो । रासस
No comments:
Post a Comment