Wednesday, December 7, 2016

संशोधन प्रस्तावको विरुद्धमा दाङ बन्द

दाङ, २२ मङ्सिर । अनेरास्ववियु र युवा सङ्घले आह्वान गरेको दाङ बन्दको प्रभाव बिहानैदेखि देखिएको छ ।

जिल्लाका मुख्य तथा स्थानीय बजारमा बिहानैदेखि बन्दको प्रभाव देखिएको हो । सरकारले प्रदेश नं ५ लाई टुक्र्याउने गरी दर्ता गरेको संशोधन प्रस्तावको विरुद्धमा बन्दको आह्वान गरिएको बन्दकर्ताले बताएका छन् ।

बन्दका कारण जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने भने जिल्लाका शैक्षिक संस्था, बजार पनि बन्द छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts