पाल्पा, २ पुस । साउँदी अरबमा मृत्यु भएका पाल्पा कचल गाविस–९ झियामाराका धनबहादुर दमाई आज दाहसंस्कार गरिएको छ ।
दमाईको शव बिहीबार नेपाल ल्याई सोही दिन पाल्पा ल्याइएको थियो ।
दमाईको गत कात्तिक १९ गते साउदीमा मृत्यु भएको खबर आफन्तलाई आएको थियो ।
प्रहरीले दमाईको मृत्यु आत्महत्याबाट भएको हुनसक्ने बताएको छ । दमाईको आँखा, घाँटीमा चोट लागेको भन्दै उहाँका भाइ सन्तोष परियारले दाजुको हत्या भएको आशङ्का गर्नुभएको छ । मृतकका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । रासस
No related posts.
No comments:
Post a Comment