Saturday, December 10, 2016

मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन : डेपुटी गभर्नर शिवाकोटी

म्याग्दी, २५ मङ्सिर । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताउनुभएको छ ।

नेपाल बैँक लिमिटेड म्याग्दी शाखाद्वारा आज सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्न कृषि र विपन्न वर्ग कर्जालाई सरलीकरण गर्ने अभियानमा राष्ट्र बैँक लागिपरेको छ ।

डेपुटी गभर्नर शिवाकोटीले नेपालमा औद्योगिक क्षेत्रभन्दा कृषि क्षेत्र बढी सम्भावनायुक्त देखिएकाले यस क्षेत्रको विकासका लागि कृषि कर्जा ल्याइएको उल्लेख गर्दै बैँकहरुलाई कूल लगानीको १५ प्रतिशत जलविद्युत् र कृषिमा कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था बनाइएको बताउनुभयो ।

‘‘ कृषि क्षेत्रको व्यवसायीकरण गर्न सस्तो ब्याजदरमा कृषि र विपन्न कर्जा दिने गरिएको र यसमा हरेकवर्ष लगानी बढाउने नीति ल्याइएको छ,” उहाँले भन्नुभयो – “अहिले रु एक करोडसम्मको कर्जालाई मात्रै कृषि कर्जा मान्ने गरिएकोेमा त्यसको सिमितता हटाउन राष्ट्र बैँकले कार्यविधि संशोधन गर्न लागिएको छ ।”

एक फरक प्रसङ्गमा उहाँले भारतले पाँच सय र एक हजार दरका भारतीय रुपैयाँमा लगाएको प्रतिबन्धले नेपालको वित्तीय क्षेत्र पनि प्रभावित बनेको बताउँदै नेपालमा रहेका उक्त भारतीय रुपैयाँलाई व्यवस्थापनका लागि एक व्यक्तिले पच्चीस हजारसम्म सटही गर्न पाउने व्यवस्था गर्न पहल गरिरहेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts