Saturday, January 21, 2017

राससका उपप्रमुख समाचारदाता भण्डारीसहितलाई सम्मान

काठमाडौँ, ८ माघ । राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारीसहित ३२ जनालाई आज यहाँ सम्मान गरिएको छ ।

पत्रकार भण्डारीलाई पत्रकारिताका माध्ययमबाट समाजको विकासमा महत्वपूर्ण योगदान पु¥याएबापत नीति अनुसन्धान प्रतिष्ठान नेपालले सम्मान गरेको हो । भारतीय शैक्षिक संस्थानमा अध्ययनपछि नेपालका विविध क्षेत्रमा लामो समयदेखि सेवामा रही राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएबापत तिनलाई प्रतिष्ठानले सम्मान गरेको हो ।

उपप्रमुख समाचारदाता भण्डारीले भारतीय जनसञ्चार प्रतिष्ठानबाट विकास पत्रकारितामा डिप्लोमा गर्नुभएको छ । यहाँ आज प्रतिभा सम्मान कार्यक्रम–२०७३ मा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री शाहीले सम्मानित प्रतिभाले नेपालको उन्नतिका लागि केही गर्नुपर्ने सुझाव दिँदै नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्री शाहीले नेपालसँग भारतको बीच नजिक सम्बन्ध भएकाले कहिलेकाहीँ किचलो पनि हुने बताउँदै नेपालमा अस्थिरता भयो भने दुवै छिमेकीलाई नोक्सान हुने जिकिर गर्नुभयो । “नेपाल गरिब भयो भने दुवै छिमेकीलाई फाइदा हँुदैन”, उहाँले भन्नुभयो, “छिमेकीको पहिलो उद्देश्य नेपालको राजनीतिक स्थिरता कायम हुनुपर्दछ भन्ने पर्नुपर्दछ ।”

मन्त्री शाहीले नेपालका पढेलेखेका बुद्धिजीवीलाई अगाडि बढ्न नदिइएका कारण विकासमा प्रगति हासिल गर्न नसकेको उल्लेख गर्दै नेपालको विकासका लागि भौतिक पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालको विकासका लागि आफूले भारत सरकारसँग पुलको काम गरिरहेको बताउँदै नेपालको जलविद्युत् क्षेत्रमा सहयोग गरेर भारतले काम गर्न चाहेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष दीपक अधिकारीले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । सम्मानित हुनेमा तपनाथ शुक्ला, डा चन्द्रमणि अधिकारी, डा आशा सिं, जगदीशप्रसाद अग्रवाल, तुलसी घिमिरे, लक्ष्मीनाथ शर्मालगायत रहनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts