Sunday, January 22, 2017

बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी छः महासचिव मैनाली

2017-01-22 19:15

काठमाडौँ, ९ माघ । नेकपा (माले) का महासचिव सिपी मैनालीले बौद्ध दर्शन तथा साहित्य मानव कल्याणका लागि उपयोगी रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

बुद्ध शान्त पार्क निर्माण समितिद्वारा यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले बुद्धले विश्व समुदायलाई शान्ति, सहअस्तित्व र सद्भाव कायम राख्नका लागि उपदेश प्रवाह गरेको बताउनुभयो । उहाँले नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न बुद्धका विचारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्यले नेपालमा बुद्ध जन्मिएको भए पनि बौद्ध साहित्यको आवश्यक प्रचारप्रसार हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष शान्तबहादुर शाक्यले गैँडाकोट नगरपालिका–३ स्थित त्रिवेणी धाम (देवघाट) मा करिब रु १४ करोडको लागतमा बुद्ध शान्त उद्यान निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा लाजिम्पाट पर्यटन विकास बोर्डका अध्यक्ष प्रवीना श्रेष्ठले संस्थाका तर्फबाट सो पार्क निर्माणका लागि रू एक लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts