Wednesday, January 18, 2017

एक साताभित्र निर्वाचन मिति घोषणा हुने

खजुरा (बाँके), ५ माघ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनको मिति एक साताभित्रै घोषणा हुने बताउनुभएको छ ।

पे्रस सेन्टर नेपाल बाँकेद्वारा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो–“संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास जारी छ, सबैका माग र मुद्दा समावेश गरेरै चुनाव हुन्छ ।”

उहाँले भन्नुभयो, “सबैभन्दा पहिला मिति घोषणा गरी निर्वाचन प्रक्रिया अघि बढाउन सहज हुन्छ, त्यसपछि संविधान संशोधनलगायत विषयमा सहमति गरी छिट्टै टुङ्गो लाग्छ ।” प्रतिपक्षमा रहेका दललाई यही सरकारमा सहभागी हुन आग्रह गर्दै नेता श्रेष्ठले यही सरकारले चुनाव सम्पन्न गराउने जिकिर गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts