Wednesday, January 18, 2017

दश प्रतिशत श्यया निःशुल्क छ :नर्भिक

काठमाडौँ, ५ माघ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप कुल श्ययाको १० प्रतिशत निःशुल्क उपलब्ध गराएको बताएको छ ।

उक्त अस्पतालले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै बिरामीको इच्छा र उपलब्ध सेवा सुविधाका आधारमा न्यूनतम रु एक हजार ६०० देखि ४० हजार श्ययामा उपचारको व्यवस्था गरिएको बताएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले अस्पतालमा उपलब्ध सेवा सेवाग्राहीले आफ्नो इच्छानुसार लिन सक्ने भएकाले कसैले रु ४० हजारको श्ययामा बिरामीको उपचार गराउँछु भन्छ भने कसरी महँगो भन्न मिल्छ ? प्रश्न गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts